पत्रकार माधव बराल प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट पुरस्कृत

जनसम्मत
माघ २२, २०८०, सोमबार

पोखराका पत्रकार माधव बराल प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्।

प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी, कास्कीले

पत्रबार बराललाई सो पुरस्कारबाट पुरस्कृत गरेको हो।

प्रेस चौतारीका केन्द्रीय सदस्यसमेत रहेका बराललाई २२ हजार २ सय २२ रुपैयाँ नगद सहित पुरस्कृत गरेको हो।

यस्तै, मीना गुरूङ र हुम गुरूङलाई प्रेस चौतारी पत्रकारिता सम्मान अर्पण गरेको छ।

नेकपा एमालेका स्थायी कमिटि सदस्य, गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, एमाले स्थायी कमिटी सदस्य तथा कास्की

इञ्चार्ज थममाया थापा, प्रतिभा छनौट समिति संयोजक एवं पूर्व अध्यक्ष हरि बास्तोला, प्रेस चौतारी नेपाल कास्कीका कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारी लगायतले पुरस्कार र सम्मान प्रदान गरेका हुन्।

यसअघि, प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट पुण्य पौडेल, माधव शर्मा, रुद्रबहादुर थापा, नवराज सुवेदी, हरि बास्तोला, बद्रीबिनोद ‘प्रतिक, खेम सारु, दुर्गा भण्डारी, निमदत्त सुवेदी, श्रीराम सिग्देल, शान्ति गुरुङ, रामकृष्ण ज्ञवाली, श्याम कुँवर, दीपेन्द्र श्रेष्ठ, केशव पाठक र सुष्मा

पौडेल पुरस्कृत भइसकेका छन्।

चौतारीले गत वर्षदेखि नै सम्मान अर्पण गर्न थालेको हो।

गत वर्ष राजु भण्डारी र सावित्री खनाल सम्मानित भएका थिए।