गण्डकी प्रदेश स्थापना दिवस: १० कर्मचारी पुरस्कृत

रेग्मीलाई १ लाखको पुरस्कार

जनसम्मत
फागुन ५, २०८०, शनिबार

गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा १० जना कर्मचारीलाई पुरस्कार प्रदान गरिने घोषणा गरिएको छ।

सर्वाेत्कृष्ट,उत्कृष्ट र निजामति पुरस्कारबाट उनीहरु पुरस्कृत हुँदैछन्।

यस वर्षको सर्वाेत्कृष्ट प्रदेश निजामति सेवा पुरस्कार मुख्यमन्त्री कार्यालयका सचिव शम्भुराज रेग्मीले पाउँदैछन्।

१ लाख राशी र सम्मानपत्रसहितको सर्वाेत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कार प्राप्त गर्ने रेग्मी बागलुङका हुन्।

खरिदारबाट निजामती सेवामा प्रवेश गर्नुभएका रेग्मी २४ वर्षदेखि निरन्तर कार्यरत छन्।

मुख्यमन्त्री कार्यालयका प्रदीपचन्द्र सुवेदी, जलस्रोत तथा सिञ्चाई डिभिजन कार्यालय पर्वतका विष्णुहरी अधिकारी (इन्जिनियर आठौं) र यातायात व्यवस्था कार्यालय कास्कीका समिना पुन (मेकानिकल इन्जिनियर सातौं)ले उत्कृष्ट प्रदेश निजामति पुरस्कार पाउँदैछन्।

उत्कृष्ट निजामति सेवा पुरस्कार राशी ७५ हजार छ।

यस्तै, पशुपंछी तथा मत्स्य विकास निर्देशनालयका सुरेशकुमार श्रेष्ठ (प्राविधिक अधिकृत छैटौं), मुख्यमन्त्री कार्यालयका शिव लम्साल (अधिकृत सातौं), अर्थ मन्त्रालयका तेजेन्द्रप्रसाद ढकाल (कानून अधिकृत), आयुर्वेद स्वास्थ्य केन्द्र मनाङका डा. शंकर गौतम (आयुर्वेद चिकित्सक), गोरखा अस्पतालका प्रतिमा श्रेष्ठ (सिनियर अनमी) र पर्यटन तथा उद्योग कार्यालय कास्कीका अर्जुन काफ्ले (सहायकस्तर पाँचौं) ले प्रदेश निजामति पुरस्कार पाउँदैछन्।

निजामति सेवा पुरस्कार राशी नगद ५० हजार रुपैयाँको छ।

सो पुरस्कार आगामी गणतन्त्र दिवस अवसरमा हस्तान्तरण गरिने कुरा मुख्यमन्त्री कार्यालयका सचिव तिर्थ भट्टराईले जानकारी दिएका छन्।