भोलिदेखि गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन सुरु

बैठक, भोली दिउँसो २ बजेबाट बस्दैछ

जनसम्मत
फागुन १५, २०८०, मंगलवार

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन भोलि (बुधबार)देखि सुरु हुँदैछ।

भोलि दिउँसो २ बजे प्रदेश सभा बैठक सुरु हुँदैछ।

हिउँदे अधिवेशनमा विषयगत समितिबाट पारित भएका आमसंचार र बीउ बिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक अधिवेशनमा पेस हुँदैछ।

यही अधिवेशनमा प्राइभेट फार्म दर्ता ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक र सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्न बनेको विधेयक पनि सदनमा पेस हुँदैछ।

यसअघि, प्रदेश मामिला तथा कानुन समितिद्वारा आमसंचारसम्बन्धी व्यवस्था गर्न विधेयक र सामाजिक विकास तथा कृषि समितिबाट गण्डकी

प्रदेशमा बीउ बिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित भएको थियो।