खगराज अधिकारी गण्डकीको मुख्यमन्त्रीमा नियुक्त

जनसम्मत
चैत्र २५, २०८०, आइतबार

खगराज अधिकारी गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्त भएका छन्।

प्रदेशस्थित नेकपा (एमाले) का संसदीय दलका नेता अधिकारीले आइतबार मात्रै मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।

यसपछि, प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले भने अधिकारीलाई मुख्यमन्त्री नियुक्त नगर्न भन्दै प्रदेश प्रमुख भट्टलाई पत्र पठाएको थियो।

तर, प्रदेश प्रमुख भट्टले अधिकारीलाई नै मुख्यमन्त्री नियुक्त गरेका छन्।

अधिकारीले सभामुख कृष्णप्रसाद धितालको समेत संख्या जोडेर बहुमतसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।

संविधानविद्हरूले यसलाई असंवैधानिक भनेका छन्।

मुख्यमन्त्री अधिकारीको शपथ ग्रहण कार्यक्रम ३ बजे राखिएको छ।