गण्डकीका मुख्यमन्त्री अधिकारीसहित २ मन्त्रीले लिए शपथ

जनसम्मत
चैत्र २५, २०८०, आइतबार

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीसहित २ विभागीय मन्त्रीले शपथ लिएका छन्।

मुख्यमन्त्री अधिकारीलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार पद तथा गोपनीयताको शपथ गराएका हुन्।
एमालेका २२, माओवादीको सभामुखसहित ८ र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ ‘दीपक मनाङे’को समर्थनमा मुख्यमन्त्रीमा आइतबार नियुक्त भएका हुन्।

अधिकारीले मुख्यमन्त्रीको शपथ लिएलगत्तै सत्ता साझेदार माओवादीका संसदीय दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद राजीव गुरु (दीपक मनाङे) लाई विनाविभागीय मन्त्रीका रूपमा नियुक्त गरेर शपथ दिलाएका छन्।