पोखरा महानगरपालिकाले स्थानीय तह कार्य सम्पादन मूल्यांकनमा उत्कृष्ट अंक ल्यायो

जनसम्मत
फागुन २९, २०८०, मंगलवार

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आ.व. २०७९÷०८० मा स्थानीय तह कार्य सम्पादन मूयांकनमा पोखरा महानगरपालिकाले उत्कृष्ट अंक प्राप्त गरेको छ।

आयोगले मंगलवार सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार पोखरा महानगरपालिकाले ६२.७४ अंक प्राप्त गरेको हो।

यसअघि, आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजामा विवरणहरू अद्यावधिकको समस्याका कारण अवस्था कमजोर देखिन पुगेको थियो।

आयोगले दिएको समय सीमाभित्र महानगरपालिकाले सम्पादन गरेका कार्यहरू अद्यावधिक भएपछि नतिजामा उल्लेख्य प्रगति भएको छ।

यस्तै, स्थानीय तह संस्थागत क्षमता मूल्यांकनमा पनि पोखरा महानगरपालिकाले ८५.५ अंक प्राप्त गरेको छ।

त्यस्तै, स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा ६० अंक प्राप्त गरेको छ।