आइसीसी विश्वकप क्रिकेटमा न्युजिल्याण्डको दोस्रो जित

बंगलादेशलाई २ विकेटले पराजित गर्दै न्युजिल्याण्डले दोस्रो जित निकालेको हो

जनसम्मत
जेठ २४, २०७६, शुक्रबार

पोखरा । न्युजिल्याण्डले इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ ।

खेलमा बंगलादेशलाई २ विकेटले पराजित गर्दै न्युजिल्याण्डले दोस्रो जित निकालेको हो । लण्डनमा बंगलादेशले दिएको २ सय ४५ रनको मध्यम लक्ष्य न्युजिल्याण्डले ४७ ओभर १ बलमा ८ विकेट गुमाएर पुरा ग¥यो । न्युजिल्याण्डको जितमा रोस टेलरले सर्वाधिक ८२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै, कप्तान केन विलियमसनले ४० तथा मार्टीन गुप्टिलले २५ र कोलिन मुन्रोले २४ रन बनाए ।

बंगलादेशका हसन मिराज, शाकिब अल हसन, मोहमद साइफुदीन र मोसाडेक होसेनले समान २÷२ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४९ ओभर २ बलमा अलआउट हुँदै २४४ रन बनाएको थियो । बंगलादेशको लागि शाकिब अल हसनले ६४ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै, मोहमद साइफुदीनले २९, मोहमद मिथुनले २६, सोम्य सरकारले २५ तथा तमिम इकबालले २४ रन बनाए ।

न्युजिल्याण्डका लागि म्याट हेनरीले ४ तथा ट्रेन्ड बोल्टले २ विकेट लिए । जितसंगै न्युजिल्याण्डले २ खेलबाट ४ अंक जोडेको छ । न्युजिल्याण्ड शीर्ष स्थानमा उक्लिएको छ । यसअघि पहिलो खेलमा न्युजिल्याण्डले श्रीलंकालाई पराजित गरेको थियो ।

बंगलादेशको यो पहिलो हार हो । बंगलादेशले २ खेलबाट २ अंक जोडेको छ । पहिलो खेलमा बंगलादेशले दक्षिण अफ्रीकालाई हराएको थियो ।