गण्डकीको पुरुष भलिबल टोलीले जित्यो अन्तर प्रदेश राष्ट्रिय खेलकुदको स्वर्ण

जनसम्मत
चैत्र ३०, २०८०, शुक्रबार

गण्डकी प्रदेशको पुरुष भलिबल टोलीले वागमति अन्तरप्रदेश राष्ट्रिय खेलकुदका अन्तरगतको भलिबलमा स्वर्ण पदक जितेको छ।

सात प्रदेश सम्मिलित प्रथम बागमती प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशको पुरुष भलिबल टिमले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको हो।

चितवनको भरतपुरमा सम्पन्न फाइनलमा गण्डकीले कोशीलाई पहिलो सेट २५–१८, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१८ ले जित्दै उपाधि हात पार्न सफल बन्यो।

प्रतियोगितामा गण्डकीका हिमाल सुनारी उत्कृष्ट खेलाडी घोषित बने।