गण्डकीले जित्यो अन्तर प्रदेश राष्ट्रिय खेलकुदमा पुरुष क्रिकेटको स्वर्ण

जनसम्मत
वैशाख १, २०८१, शनिबार

गण्डकी प्रदेशले प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको स्वर्ण पदक जितेको छ।

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको फाइनलमा मधेश प्रदेशलाई ४१ रनले पराजित गर्दै गण्डकीले स्वर्ण पदक जितेको हो।

गण्डकीले दिएको २०२ रनको लक्ष्य पछ्याएको मधेश प्रदेश १८१ ओभरमा १६० रनमै अलआउट भयो।

मधेशका लागि पवन सर्राफले ३५ र विशाल सुस्लिङले २७ रन बनाए।

अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।

गण्डकीलाई जित दिलाउन अमृत गुरुङले ३.१ ओभरमा मात्र १८ रन खर्चदै महत्वपूर्ण ६ विकेट लिए।

अंकित न्यौपानेले २ र कमल परियारले १ विकेट लिए।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेश सन्दीप क्षेत्रीको विष्फोटक ४७ रनको पारीले ८ विकेटको क्षतिमा २०१ रन बनायो।

करन पंगेनीले ४३ र दिनेश बुढामगरले ३३ रन बनाए।

मधेशका लागि विशाल पटेलले ३, रुपेश सिंह र रञ्जितकुमारले समान २÷२ विकेट लिए।