विभागीय सेनाका सञ्जयले जिते लेखनाथ हाफ म्याराथन

विभागीय नेपाली सेनाकी पूर्णलक्ष्मी न्यौपानेले १० किमी महिलातर्फको दौड जितिन्

जनसम्मत
वैशाख १, २०८१, शनिबार

विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणका रूपमा आयोजना गरिएको लेखनाथ हाफ म्याराथन जितेका छन्।

श्रेष्ठले निर्धारित २१ किमी दूरीको दौड १ घण्टा ४ मिनेट ४७ सेकेण्डमा पूरा गरी उपाधिसहित नगद ६० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पुरस्कार जिते।

यसैगरी, सशस्त्र प्रहरी बलका किरण बोगटी म्याराथनमा दोस्रो भए।

उनले १ घण्टा ६ मिनेट ३३ सेकेण्डमा दौड पूरा गरे।

उपविजेता बोगटीले नगद  ३० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पुरस्कार हात पारे।

पहिलो संस्करणका विजेता त्रिभुवन आर्मी क्लबका रामजी बस्नेतले १ घण्टा ९ मिनेट २९ सेकेण्डमा दौड सकेर यसपटक तेस्रो बने।

बस्नेतले नगद २० हजार रुपैयाँ पुरस्कार पाए।

सशस्त्रका खिमबहादुर खत्रीले १ घण्टा ९ मिनेट ४९ सेकेण्डमा दूरी पूरा गरेर चौथो बन्दै १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

आर्मीका प्रताप खड्काले १ घण्टा १० मिनेट ४१ सेकेण्डमा दौड सकेर पाँचौँ बन्दै नगद ५ हजार रुपैयाँ प्राप्त गरेको जानकारी

म्याराथनमा सहभागी पोखराका खेलाडीमध्ये सबैभन्दा पहिला निर्धारित दूरी पूरा गरेका चेतनाथ चालिसे पोखरा च्याम्पियन बने।

चालिसेले २१ किलोमिटर दौड १ घण्टा ३४ मिनेटमा पूरा गरे।

चालिसे पोखरा–१७ बिरौटा निवासी हुन्।

उनले उपाधिसहित १० हजार रुपैयाँ पुरस्कार पाए।

यस्तै, नेपाली सेनाकै श्रीकश राईले १० किमी खुला राष्ट्रिय पुरूषतर्फको दौड जिते।

उक्त दौडमा सेनाकै सुवास कार्की दोस्रो बने।

सोही दौडमा गण्डकी मेडिकल कलेजका अजितकुमार यादव तेस्रो बने।

सोही कलेजका दिनेश बोगटी चौथो बने।

विभागीय सशस्त्र एपीएफका राजेन्द्र तामाङ पाँचौ स्थानमा आए।

यसैगरी, विभागीय नेपाली सेनाकी पूर्णलक्ष्मी न्यौपानेले १० किमी महिलातर्फको दौड जितिन्।

सोही दौडमा अर्को विभागीय नेपाल पुलिसकी राममाया बुढाले दोस्रो बनिन्।

सेनाकै सृजना पाण्डे तृतीय बनिन्।

विभागीय सशस्त्र एपीएफकी पुष्पा भण्डारी चौथो र एपीएफकै आशा राउत पाँचौँ बनिन्।

महिला–पुरुष १० किमी राष्ट्रिय खुला दौडको विजेताले ३० हजार र उपविजेताले  २० हजार पाए।

तेस्रो, चौथो र पाँचौँ हुनेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सयको साथमा मेडल र प्रमाणपत्र पाए।

यसैगरी, काठमाडौँका धर्म महर्जनले भेट्रान्स ५ किमी दौड जिते।

धादिङका रैवतबहादुर दाहाल दोस्रो बने।

पोखराका विश्वलाल श्रेष्ठ तेस्रो भए।

उनीहरूले क्रमशः १० हजार, ७ र  ५ हजार पुरस्कार पाए।

विद्यालय छात्रतर्फ ५ किमी दौडमा कास्की मोडर्नाइज्ड एकेडेमीका बादल कार्की पहिलो बने।

कुमुदिनी होम्सका कृष्ण परियार दोस्रो बने।

भद्रकाली माविका गंगा गुरूङ तेस्रो भए।

छात्रातर्फ रेन्बो एकेडेमीकी शर्मिला विकले ५ किमीको दौड जितिन्।

कालिका माविकी स्वीकृति कार्की दोस्रो बनिन्।

छोरेपाटन माविकी नारायणी भण्डारी तेस्रो बनिन्।

विद्यालय छात्रछात्रा दौडको विजेताले क्रमशः १५ हजार, उपविजेताले १० हजार र तृतीयले ५ हजार पुरस्कार पाए।

विजेता खेलाडीलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा–१७ का वडाध्यक्ष राधिका शाही योगी, पोखरा–२९ का वडाध्यक्ष श्रीप्रसाद गुरूङ, खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदारलगायतले पुरस्कार वितरण गरे।

६ विधा सम्मिलित प्रतियोगितामा ४ सयभन्दा बढी धावकहरुको सहभागिता थियो।