मिडिया फेस्टिभलमा ‘मिडियाको भविष्य’ बारे बहस

जनसम्मत
वैशाख ४, २०८१, मंगलवार

दाङको घोराहीमा ‘मिडियाको सामथ्र्य र भविष्य’सँग जोडिएका विभिन्न सवालमाथि बहस गरिएको छ।

नेपाल पत्रकार महासंघ दाङ शाखाले दुई दिनसम्म आयोजना गरेको मिडिया महोत्सवको क्रममा ‘मिडियाको सामथ्र्य र भविष्य’बारे बहस गरेको हो।

यस सत्रमा खोज पत्रकारिता केन्द्रका सम्पादक किरण नेपाल, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं र तुलसीपुर उपमहानगरपालिकाका पूर्व प्रमुख घनश्याम पाण्डेले बहस गरे।

पछिल्लो समय सोसल मिडियाको प्रयोग र प्रभाव बढ्दै गएपनि मूलधारका मिडियाको सामथ्र्य यथावत नै रहेको बताइयो।

मूलधारका मिडियाले सुशासन, समृद्धि र विकासका लागि खेल्दै आएको भूमिका भविष्यसम्म रहनेमा वक्ताहरुले जोड दिए।

सोसल मिडिया अभिव्यक्तिको एक माध्यम भएपनि पत्रकारिताको कर्म गर्न मूलधारको मिडिया नै आवश्यक पर्ने भएकाले यसको सामथ्र्य र भविष्य कमजोर हुन नसक्ने धारणा वक्ताहरुले राखे।

दोस्रो दिन (मंगलबार) ‘कानून कार्यान्वयनमा मिडियाको भूमिका’ बिषयक अर्को सत्रमा लुम्विनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीमगरले कानूनको अध्ययन गर्ने संस्कृति हराउँदै गएको बताए।

उनले संसद्मा ७५ प्रतिशत सांसद्ले बिधेयक अध्ययन नगरी पार्टीका सचेतक र संसदीय दलको नेताले जे भन्छन् त्यही गर्ने गरेको बताए।

‘कानूनको बिषयमा गंभीर बहस र छलफल हुन सकेको छैन। संसद्देखि नागरिकसम्म यसबारे चासो र चिन्ता छैन,’ उनले भने, ‘कानूनबारे मिडियाले बहस चलाएर नागरिकसम्म पु¥याउन आवश्यक छ।’

अर्को सत्र ‘मिडियामा समावेशी सवाल’ बिषयमा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज बिश्वकर्मा, समावेशी बिषयका अनुसन्धानकर्ता कृष्णराज ‘सर्बहारी’, नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष बिमला भण्डारी र महिला अधिकारकर्मी बिमला योगीले बहस गरे।

उनीहरुले समावेशी सवालमा मिडिया हाउस, समाचार कक्ष, पत्रकार महासंघ जस्ता निकाय संवेदनशील नभएको बताए।

मिडिया पछाडि पारिएको वर्गको आवाज बन्न सँधै जिम्मेवार बन्नुपर्ने धारणा उनीहरुको थियो।

चौथो सत्रमा ‘नैतिकताको कसीमा मिडिया’ बिषयक बहसमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, काउन्सिलकै पूर्व अध्यक्ष एवं शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहाल र सामुदायिक रेडियो प्रसारक संघका केन्द्रीय अध्यक्ष अर्जुन गिरीले बहस गरे।

उनीहरुले पत्रकार र संचार माध्यमले पूर्णरुपमा आचारसंहिता पालना गर्न सके÷नसकेको बिषयमा बहस गरेका थिए।