ताङतिङको हिमालय मिलन माविमा खुला स्क्रयाबल (कोठेपद) प्रतियोगिता’ हुने

जनसम्मत
वैशाख ८, २०८१, शनिबार

कास्कीको पर्यटकिय गाउँ मादी गाउँपालिकाको ताङतिङमा ‘हिमालय खुला स्क्रयाबल (कोठेपद) प्रतियोगिता’ हुने भएको छ।

स्क्रयाबल क्लबको आयोजनामा उक्त प्रतियोगिता बैशाखको १४ र १५ गते ‘हिमालय खुला स्क्रयावल प्रतियोगिता’को आयोजना गरिएको हो।

हिमालय मिलन माविको स्वर्ण महोत्सवको अवसरमा आयोजना हुने उक्त प्रतियोगितामा ७० जना खेलाडीहरूको सहभागिता हुने स्क्रयाबल क्लबका अध्यक्ष केशवराज पराजुलीले जानकारी दिएका छन्।

अध्यक्ष पराजुलीका अनुसार प्रतियोगितामा सहभागिताका लागि कास्कीसहित अन्य ७ जिल्लाका हाल सम्म ६० जनाले नाम दर्ता समेत गरिसकेका छन्।

प्रतियोगितामा १४ वर्ष मुनी, १८ वर्ष मुनी र १८ वर्ष माथी गरी ३ छुट्टाछुट्टै इभेन्टमा प्रतिस्पर्धा तय गरिएको हिमालय मिलन माविका प्रधानाध्यापक तथा क्लबका सल्लाहकार ओमप्रकाश गुरुङले जानकारी दिए।

प्रतियोगितामा ओभर अल च्याम्पियन र विभिन्न ३ इभेन्टमा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीलाई नगद, पदक तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगिता सम्पन्न गर्न क्लवका प्रविधि संयोजक अर्जुन पाण्डे प्रतियोगिता निर्देशकको भूमिकामा छन्।

कार्यक्रमको संरक्षकका रूपमा हिमालय मिलन माविका प्रधानाध्यापक तथा क्लवका सल्लाहकार ओमप्रकाश गुरुङलाई मनोनयन गरिएको छ।