गण्डकी प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

जनसम्मत
वैशाख ७, २०८१, शुक्रबार

गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।

विपक्षी दलले बहिष्कार गरेको आज (शुक्रबार)को बैठकमा सभामुख कृष्णप्रसाद धितालले प्रदेश प्रमुख डिल्लीराज भट्टले पठाएको अधिवेशन आह्वानको पत्र सुनाएर अनिश्चितकालका लागि स्थगित गरेको जानकारी गराएका हुन्।

यसअघि, सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सभा बैठक बहिष्कार गर्ने निर्णय गरेका थिए।