एमाले बागलुङमा सर्वसम्मत नेतृत्व चयन

जनसम्मत
वैशाख १, २०८१, शनिबार

नेकपा एमाले बागलुङको अध्यक्षमा हिराबहादुर केसी सर्वसम्मत चयन भएका छन्।

बागलुङ बजारमा जारी दशौं अधिबेशनबाट केसी दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्।

अध्यक्षमा उमेद्वारी दर्ता गरेका नेकपा एमाले गण्डकी प्रदेश कमिटिका पूर्व सदस्य हरिनारायण गौतमले उमेद्वारी फिर्ता लिएपछि केसी सर्वसम्मत अध्यक्ष भएका हुन्।

केसी बिद्यार्थी राजनीति हुँदै युवा संघमा लामो समय राजनीति गरेर मुलधारमा प्रबेश गरेका एमाले नेता हुन्।

उपाध्यक्षमा बिष्णु भुसालको मात्रै उमेद्वारी परेको थियो।

यसअघि, उनी जिल्ला सचिव थिए।

अघिल्लो अधिबेशनमा सर्वसम्मत सचिव चयन भएका भुसाल यो पटक पनि सर्वसम्मत उपाध्यक्षमा चयन भए।

सचिवमा गणेश थापा चयन भएका छन्।

थापासहित सचिवमा चन्द्र गणेश र कुमार खड्काको उमेद्वारी परेको थियो।

शुक्रबार साँझ नै खड्का र गणेशले उमेदरी फिर्ता लिएपछि थापा सर्वसम्मत सचिव बनेका हुन्।

उपसचिवमा पनि सर्वसम्मत धनबहादुर परियार र करमती पुन चयन भएका छन्।

उपसचिवमा उनीहरु २ जनाको मात्रै उमेद्वारी परेको थियो।