एमाले पर्वतमा गोविन्द पहाडीको प्यानल बिजयी

जनसम्मत
वैशाख १, २०८१, शनिबार

नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्वतको अध्यक्ष गोविन्द पहाडी निर्वाचित भएका छन्।

पहाडीले प्रतिद्धन्द्धी पदमपाणी शर्मालाई १ सय २१ मतको अन्तरले पराजित गरेका हुन्।

पहाडीको पक्षमा २ सय ४८ मत आउँदा शर्मालाई १ सय २७ मत प्राप्त भएको छ।

अध्यक्षसहित ५ सदस्यीय पदाधिकारीमा पहाडी पक्षका उम्मेदवारहरुले जितेका छन्।

उपाध्यक्षमा विमल लामिछानेले प्रतिस्पर्धी मिनप्रसाद श्रेष्ठलाई ६९ मतले पराजित गरेका छन्।

लामिछानेको पक्षमा २ १७ मत आउँदा श्रेष्ठको पक्षमा १ सय ४८ मत परेको छ।

सचिवमा सुवासचन्द्र पौडेलले शिवप्रसाद पौडेललाई १६ मतले पराजित गरेका छन्।

सुवासको पक्षमा १ सय ८८ मत आउँदा शिवको पक्षमा १ सय ७२ मत खस्यो।

उपसचिव पदमा चण्डीप्रसाद भुर्तेलले जीवन विक्रम उचैलाई १६ मतले नै पराजित गरेका छन्।

भुर्तेलले १ सय ८८ मत पाउँदा उचैले १ सय ७२ मत पाएका छन्।

यस्तै, महिला उपसचिवमा विन्दु अधिकारीले सरिता भण्डारीलाई ७१ मतको अन्तरमा पराजित गर्दै निर्वाचित भएकी छन्।

अधिकारीले २ सय १६ मत पाउँदा भण्डारीले १ सय ४५ मत पाइन्।

एमाले पर्वतको १० औँ अधिवेशन गत मंगलबारदेखि सुरु भएको थियो।

सुरुबाट नै सहमतिका लागि नेताहरूबिच कुरा हुँदै आएको भएपनि सर्वसम्मतको संभावना देखिएन।

मुख्यगरी वर्तमान कानुन न्याय तथा संसदीय मामिला मन्त्री. पदम गिरी र राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना गरेर एमाले पर्वतमा २ ‘प्यानल’ देखिएका थिए।