लमजुङ एमाले अध्यक्षमा राजकुमार विष्ट निर्वाचित

लमजुङमा पार्टीलाई अझ गतिशील, क्रियाशील र वैचारिक बनाउँदै लगिनेछ

जनसम्मत
चैत्र १९, २०८०, सोमबार

नेकपा एमाले लमजुङको नवौं जिल्ला अधिवेशनबाट राजकुमार विष्ट अध्यक्षमा निर्वाचित भएका छन्।

प्रतिद्वन्द्वी कृष्णप्रसाद अधिकारीलाई ८९ मतले हराउँदै विष्ट अध्यक्षमा निर्वाचित भएका हुन्।

कूल ५ सय ६ मत खसेकोमा विष्टले २ सय ८८ मत ल्याए।

अधिकारीले १ सय ९९ मत प्राप्त गरे।

उपाध्यक्षमा शुभाष पौडेललाई ५ मतले हराउँदै जितबहादुर गुरुङ निर्वाचित भएका छन्।

गुरुङले २ सय ४२ मत प्राप्त गर्दा पौडेलले २ सय ३७ मत प्राप्त गरे।

सचिवमा २ सय ३९ मतान्तरले राजेन्द्र बोहरा निर्वाचित भएका छन्।

उनले ३ सय ५८ मत ल्याउँदा प्रतिद्धन्द्धि जनकराज मिश्रले १ सय १९ मत ल्याए।

उपसचिवमा २ सय २० मतान्तरले विवश बुढाथोकी निर्वाचित भएका छन्।

उनले ३ सय ४९ मत मत ल्याउँदा प्रतिद्धन्द्धि राजेन्द्र अधिकारीले १ सय २९ मत ल्याए।

महिला उपाध्यक्षमा राममाया थापामगर निर्विरोध निर्वाचित भएका हुन्।

निर्वाचित सवै उपाध्यक्ष विष्टका प्यानलका हुन्।

चैत १६ गते उद्घाटन र १७ गते बन्दसत्रको आयोजना गरेको नेकपा एमाले लमजुङको अधिवेशनको अन्तिम मतपरिणाम सोमबार दिउँसो सार्वजनिक भएको थियो।

जिल्ला कमिटी सदस्यको लागि क्व्होंलासोथार, दोर्दी, मस्र्याङ्दी र दूधपोखरी साथै मध्यनेपाल र राइनास नगरपालिकामा सर्वसम्मत भएको थियो।

भूगोलतर्फ बेंसीसहर र सुन्दरबजार नगरपालिकाका प्रतिनिधिबीच चुनाव भएको थियो।

अधिवेशनले खुलातर्फ प्रेमबहादुर भट्टराई, पेमा गुरुङ, कृष्ण केसी, शिवप्रसाद जोशी, अर्जुन अधिकारी र सूर्यप्रसाद गुरुङ निर्वाचित भएका छन्।

खुला महिलातर्फ चन्द्रमा घिमिरे, पदमा गुरुङ, शान्ता सापकोटा र बुनाकुमारी रिमाल निर्वाचित भएका छन्।

जिल्ला कमिटीमा ५७ जना निर्विरोध निर्वाचित भएका छन्।

लेखा कमिटीमा अध्यक्षसहितका पदाधिकारी निर्विरोध भएका छन्।

१ जना सदस्यमा मात्रै निर्वाचन भएको थियो।

पदाधिकारी ४, खुल्ला सदस्य १० (६ खुला र ४ महिला), भूगोलमा बेंसीसहर ५ (३ खुला र २ महिला), सुन्दरबजार ५ (३ खुला र २ महिला) र लेखा सदस्य १ जनामा निर्वाचन भएको थियो।

नवनिर्वाचित अध्यक्ष विष्टले पदभार ग्रहण गर्दै लमजुङमा पार्टीलाई अझ गतिशील, क्रियाशील र वैचारिक बनाउँदै लगिने प्रतिबद्धता जनाए।