एमाले स्याङ्जाको अध्यक्षमा पारस गैरे निर्विरोध निर्वाचित

पदाधिकारीमा निर्विरोध भएपनि सदस्यमा भने निर्वाचन हुने भएको छ

जनसम्मत
चैत्र २५, २०८०, आइतबार

नेकपा (एमाले) स्याङ्जाको नवौँ जिल्ला अधिवेशनमा पारस गैरे निर्विरोध अध्यक्ष निर्वाचित भएका छन्।

चैत २३ गते भएको निर्वाचनमा गैरेको मात्र एकल उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।

माओवादी केन्द्रका नेता रामबहादुर थापासँगै एमालेमा प्रवेश गरेका गैरे यस पटक नेकपा एमाले स्याङ्जाका अध्यक्ष बनेका हुन्।

केन्द्रीय उपमहासचिव पृथ्बीसुब्बा गुरुङको साथ पाएपछि उनी निर्विरोध निर्वाचित भएको बताइएको छ।

निर्वाचनबाट उपाध्यक्ष महेश पुरी, सचिवमा रामचन्द्र (आरसी) भट्टराई, उपसचिवमा अमृत श्रेष्ठ र महिला उपसचिवमा चिनमायाँ गुरुङ निर्विरोध भए।

पदाधिकारीमा निर्विरोध भएपनि सदस्यमा भने निर्वाचन हुने भएको छ।

निर्वाचनमा पालिकास्तरमा केही सदस्य निर्विरोध निर्वाचित भएका छन्।

१८ खुल्ला सदस्यका लागि ४९ जनाको उम्मेदवारी परेको छ।

६ जना महिला खुल्ला सदस्यको लागि १० जनाको उम्मेदवारी परेको छ।

२ युवा सदस्यका लागि ९ जनाको उम्मेदवारी परेको छ।

सदस्यमा आवश्यकभन्दा धेरै उम्मेदवारी परेपछि समय थप गरी मिलाउने प्रयास भइरहेको छ।

अधिवेशनबाट १०५ सदस्य निर्वाचित हुनेछन्।

९ हजार ५४३ जना पार्टी सदस्य रहेको स्याङ्जा अधिवेशनमा ११ पालिकाका ६ सय ०९ जना प्रतिनिधि सहभागी छन्।