एमाले गोरखाको अध्यक्षमा सुरेन्द्र थापा निर्वाचित

थापाले २८० मत ल्याए, उनका प्रतिद्वन्द्वी नेपालीले २०५ मत ल्याए

जनसम्मत
फागुन २८, २०८०, सोमबार

नेकपा एमाले जिल्ला कमिटी गोरखाको अध्यक्षमा सुरेन्द्रबहादुर थापा निर्वाचित भएका छन्।

एमाले गोरखाको आठौं अधिवेशनबाट कृष्णबहादुर नेपालीलाई ७५ मतले पराजित गर्दै थापा अध्यक्ष निर्वाचित भएका हुन्।

थापाको मत २ सय ८० आउँदा नेपालीको मत २ सय ०५ मत आयो।

मेनबहादुर अधिकारी उपाध्यक्षमा र काजीराम रोका सचिवमा निर्वाचित भए।

उपाध्यक्षका अन्य प्रत्यासीहरु विजयी अधिकारीले २ सय ७० मत पाउँदा पराजित कमल दानीले १ सय २१ र कृष्ण काप्रीले ७१ मत पाए।

सचिवमा रोकाले ३ सय ५३ मत ल्याएर विजयी हुँदा उपेन्द्र देवकोटाले १ सय ०५ मत ल्याए।

उपसचिव खुलातर्फ मनोजकुमार जोशी र महिलातर्फ शान्ता चापागाईँ विजयी भए।

जोशीले २ सय ६५ मत ल्याएर विजयी हुँदा विष्णु पन्तले १ सय १४ र सञ्चित श्रेष्ठले ६७ मत प्राप्त गरे।

चापागाईँले ३ सय २० मत पाएर विजयी हुँदा नानु थापामगरले १ सय ५० मत प्राप्त गरिन्।