प्रधानमन्त्री कप क्रिकेटमा आर्मी र पुलिस फाइनल भिड्ने

जनसम्मत
जेठ २४, २०७६, शुक्रबार

पोखरा । विभागीय टिम नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहिबार भएको दोस्रो सेमिफाइनलमा विभागीय डर्बी क्लब एपीएफलाई ५ विकेटले पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो । अब पुलिसले शनिबार हुने फाइनलमा अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । आर्मी प्रदेश ३ लाई हराएर यसअघि नै फाइनल पुगिसकेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा एपीएफले दिएको ४२ रनको सामान्य लक्ष्य पुलिसले ९ ओभर ३ बलमा ५ विकेट गुमाएर पुरा ग¥यो । खराब सुरुवात गरेको पुलिसका लागि पवन सर्राफले अविजित २१ रन जोड्दा दिपेन्द्रसिंह ऐरीले १३ रन बनाए । एपीएफका कप्तान बसन्त रेग्मीले ३ विकेट लिए । यस्तै, शरद भेषवाकरले २ विकेट लिए ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले २२ ओभर १ बलमा अलआउट हुँदै ४१ रन बनाएको थियो । बलर चम्किएको खेलमा एपीएफका कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । शरद भेषवाकर र पृथु बास्कोटाले सर्वाधिक ७÷७ रन जोडे ।

यस्तै, अमरसिंह रौटेलाले अविजित ६ रन जोड्दा सन्दीप जोराले ५ रन बनाए । आसिफ शेख, प्रदिप ऐरी, दिपेन्द्र राउत र सुमित महर्जन २÷२ रनमा आउट हुँदा कप्तान बसन्त रेग्मी सुन्य रनमा आउट भए ।

एपीएफलाई सस्तैमा समेट्न पुलिसका लागि ललितनारायण राजवंशीले किफायती बलिङ गरे । ललितले ६ ओभरमा ८ रन खर्चेर ४ विकेट लिए । कुशल भुर्तेलले ५ ओभरमा १ मेडनसहित ७ रन खर्चेर ३ विकेट लिए । यस्तै, सागर ढकालले ८ ओभर १ बलमा ३ मेडनसहित १५ रन खर्चेर ३ विकेट लिए ।

प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गर्नेछ ।