इजरायलकी इडा हानिसडोटिर बनिन् एसिया कप ट्रायथलन च्याम्पियन

च्याम्पियन इडाले १ घण्टा ०६ मिनेटमा ट्रायथलन स्प्रिन्ट विधाको निर्धारित दूरी पूरा गरिन्

जनसम्मत
वैशाख १५, २०८१, शनिबार

इजरायलकी इडा हानिसडोटिर पोखरामा सम्पन्न एसिया कप ट्रायथलन च्याम्पियन बनेकी छन्।

पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा भएको ट्रायथलनको इडा च्याम्पियन बनेकी हुन्।

ट्रायथलनको स्प्रिन्ट विधाअन्तर्गत फेवातालमा ७ सय ५० मिटर पौडी र त्यसपछि २० किलोमिटर साइक्लिङ र ५ किलोमिटर दौडको निर्धारित दूरी इडाले १ घण्टा ०६ मिनेटमा निर्धारित दूरी पूरा गर्दै महिलातर्फ च्याम्पियन बनेकी हुन्।

च्याम्पियन इडाले ६ सय ३० अमेरिकी डलर अर्थात करीब ८४ हजार नेपाली रुपैयाँ पुरस्कार जितिन्।

यस्तै, गुआमका मानामी लिजिमाले १ घण्टा ४२ सेकेण्डमा निर्धारित दूरी पार गर्दै दोस्रो बनिन्।

लिजिमाले ५२५ डलर अर्थात करीब ७० हजार नेपाली रुपैयाँ पुरस्कार जितिन्।

उज्वेकिस्तानकी एलिना खाकीमोवाले निर्धारित दूरी १ घण्टा ४८ मिनेटमा पार गर्दै तेस्रो बनिन्।

एलिनाले ४२० डलर अर्थात करीब ५६ हजार नेपाली रुपैयाँ पुरस्कार जितिन्।