दक्षिण एसियाली ट्रायथलनमा भारतीय खेलाडीको वर्चश्व

पुरुषतर्फ भारतका मुरलीधर नैर र महिलातर्फ मान्सी मोहिती च्याम्पियन

जनसम्मत
वैशाख १५, २०८१, शनिबार

दक्षिण एसियाली ट्रायथलन च्याम्पियनसीपको महिला/पुरुष दुबैतर्फ भारतीय खेलाडीले वर्चश्व राखेका छन्।

पुरुषतर्फ भारतका मुरलीधर नैरले १ घण्टा ०२ मिनेट ०३ सेकेण्डमा निर्धारित दूरी पार गरी च्याम्पियन बने।

यसैगरी, भारतकै कौसिक विनयले १ घण्टा ०३ मिनेट २६ सेकेण्डमा निर्धारित दूर पार गर्दै दोस्रो बने।

नेपालका विपन खत्कत्वाले १ घण्टा ०५ मिनेट २५ सेकेण्डको समयमा निर्धारित दूरी पार गर्दै तेस्रो भए।

यसैगरी, महिलातर्फ भारतकी मान्सी मोहितिले निर्धारित दूरी १ घण्टा ०७ मिनेट ५१ सेकेण्डमा पूरा गरी च्याम्पियन बनिन्।

नेपालकी श्रेवी महर्जनले १ घन्टा ११ मिनेट ४५ सेकेण्डमा निर्धारित दूरी पूरा गरी दोस्रो बनिन्।

त्यस्तै, नेपालकै शोभा बलामीले निर्धारित दूरी १ घण्टा २१ मिनेट १३ सेकेण्डमा पूरा गरी तेस्रो बनिन्।