ट्रायथलन राष्ट्रिय च्याम्पियनसीप पुरुषतर्फ नेपाली सेनाको क्लिन स्वीप

पुरुषतर्फ विपन खत्कत्वा र महिलातर्फ श्रेवी महर्जन च्याम्पियन

जनसम्मत
वैशाख १५, २०८१, शनिबार

ट्रायथलन राष्ट्रिय च्याम्पियनसिपमा विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले वर्चश्व कायम गरेको छ।

च्याम्पियनसीपमा अन्य खेलाडीलाई पछि पार्दै पहिलो, दोस्रो र तेस्रो स्थान ओगट्दै त्रिभुवन आर्मी क्लबले क्लिन स्वीप गरेको हो।

सेनाका विपन खत्कत्वाले निर्धारित दूरी १ घन्टा ०५ मिनेट २५ सेकेण्डमा पार गरी च्याम्पियन बने।

त्यसैगरी, सेनाकै प्रविन थारुले १ घन्टा ०६ मिनेट २० सेकेण्डमा निर्धारित दूरी पार गरी दोस्रो बने।

यसैगरी, सेनाकै मुकेश थारुले १ घण्टा १५ मिनेट ११ सेकेण्डको समयमा निर्धारित दूरी पार गर्दै तेस्रो बने।

 

महिलातर्फ नेपालकी श्रेवी च्याम्पियन

 

ट्रायथलन राष्ट्रिय च्याम्पियनसीप महिलातर्फको स्पर्धामा नेपालकी श्रेवी महर्जन च्याम्पियन बनेकी छन्।

श्रेवीले १ घन्टा ११ मिनेट ४५ सेकेण्डको समयमा निर्धारित दूरी पार गर्दै च्याम्पियन बनिन्।

सोही स्पर्धामा शोभा बलामीले १ घण्टा २१ मिनेट १३ सेकेण्डमा निर्धारित दूरी पार गर्दै दोस्रो बनिन्।

त्यसैगरी, ज्ञानुकुमारी चौधरीले १ घण्टा २१ मिनेट ५७ सेकेण्डमा निर्धारित दूरी पूरा गरी तेस्रो बनिन्।

 

जुनियर पुरुषतर्फ भारतका साई केडी च्याम्पियन

 

ट्रायथलन जुनियर साउथ एसिया च्याम्पियनसीप पुरुषतर्फको स्पर्धामा भारतका साइ केडी च्याम्पियन बनेका छन्।

सोही स्पर्धामा भारतकै कृषिभ पटेल दोस्रो बनेका छन्।

त्यसैगरी, नेपालका यजु महर्जन तेस्रो बनेका छन्।

 

महिला जुनियरतर्फ नेपालकी श्रेवी च्याम्पियन

 

ट्रायथलन महिला जुनियरतर्फको स्पर्धामा नेपालकी श्रेवी महर्जन च्याम्पियन बनेकी छन्। सोही स्पर्धामा भारतकी दुर्विशा पवार दोस्रो बनेकी छन्।

त्यस्तै, भारतकै प्रेरणा श्रवण कुमारी तेस्रो बनेकी छन्।

नेपाल ट्रायथलन संघको आयोजना तथा गण्डकी प्रदेश र कास्की जिल्ला ट्रायथलन संघको व्यवस्थापनमा संचालन भएको च्याम्पियनसीपमा १५ देशका ३८ पुरुष र २४ महिला गरी ६२ जना खेलाडीको प्रतिस्पर्धा थियो।

आइतबार, प्रतियोगिताअन्तर्गत दुआथलन च्याम्पियनसीप हुनेछ।