अमेरिकामा ‘टिकटक ब्याण्ड’ गर्ने कानुन पारित भएपछि …

टिकटकको चिनियाँ मुल कम्पनी बाइट्ड्यान्स भन्छ, ‘टिकटक बेच्ने कुनै योजना छैन’

जनसम्मत
वैशाख १४, २०८१, शुक्रबार

टिकटकको चिनियाँ मुल कम्पनी बाइट्ड्यान्स लिमिटेडले टिकटकबारे आएका हल्लाहरूको खण्डन गर्दै टिकटक बेच्ने कुनै योजना नभएको जनाएको छ।

अमेरिकाले ‘प्रयोगकर्ताको गोपनीयता सार्वजनिक हुनसक्ने’ भन्दै टिकटकमा प्रतिबन्ध लगाउने कानुन पारित गरेसँगै आएका हल्लाहरूको खण्डन गर्दै ती हल्लाहरू सत्य नभएको बाइट्ड्यान्सले जनाएको हो।

‘बाइट्ड्यान्ससँग टिकटक बेच्ने कुनै योजना छैन, विदेशी मिडिया रिपोर्टहरू सत्य होइनन्’ कम्पनीले आफ्नो स्वामित्वमा रहेको सामाजिक मिडिया प्लेटफर्म टुटिआओमा उक्त जानकारी पोस्ट गरेको छ।

यस हप्ताको सुरूमा बाइट्ड्यान्सले टिकटकमाथि प्रतिबन्ध लगाउने ‘असंवैधानिक” कानुनलाई अदालतमा चुनौती दिनेसमेत बताएको थियो।

बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनले यो अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने कानुनमा हस्ताक्षर गरेका छन्।

अमेरिकामा लामो समयदेखि टिकटक प्रतिवन्ध लगाउने भनी कुरा उठेपनि यसमा विवाद भइरहँदा थप कदम अगि बढ्न सकेको थिएन।
विरोध गर्नेमा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पनि हुन्।

राष्ट्रपति पदमा बहाल रहँदा सन् २०२० मा टिकटकमा प्रतिबन्ध लगाउने प्रयास गरेका ट्रम्पले अहिले भने त्यस्तो प्रतिबन्धले फेसबुकको माउ कम्पनी मेटालाई अनुचित लाभ दिने बताएका छन्।