गण्डकी प्रदेश प्रहरी प्रमुख डीआइजी दुर्गाको पदभार ग्रहण

गण्डकी प्रदेश प्रहरी कार्यालयको संपूर्ण शाखाहरुको समेत स्थलगत निरीक्षण

जनसम्मत
वैशाख १७, २०८१, सोमबार

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा सरुवा भएकी प्रहरी नायव महानिरीक्षक (डीआइजी) दुर्गा सिंह चन्दले आज (सोमबार) आफ्नो पदभार ग्रहण गरेकी छन्।

नेपाल सरकार, गृह मन्त्रालयको मिति वैसाख १३ गतेको निर्णयानुसार उपत्यका प्रहरी प्रहरी नायव महानिरीक्षक दुर्गा रानीपोखरी काठमाण्डौंबाट गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा सरुवा भई आएकी हुन्।

प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले आजै गण्डकी प्रदेश प्रहरी कार्यालयको संपूर्ण शाखाहरुको स्थलगत निरीक्षणसमेत गरेकी छन्।

महानिरीक्षक सिंहलाई पोखरा उपत्यकामा रहेका प्रहरी कार्यालय प्रमुखहरुले पुष्पगुच्छासहित स्वागत गरेका थिए।

स्वागत तथा पदभार ग्रहण पश्चात प्रहरी नायव महानिरीक्षक सिंहले गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत संपूर्ण प्रहरी कर्मचारीहरु र उपस्थित कार्यालय प्रमुखहरूलाई प्रदेशको शान्ति सुरक्षामा प्रहरी प्रभावकारितालाई थप गर्न संगठनको मुल्य मान्यतालाई आत्मसाथ गरी त्रुटिरहित तवरले कार्य सम्पादन गर्न निर्देशनसमेत दिइन्।