गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीविरुद्धको रिट खारेज

न्यायाधीश सपना मल्ल प्रधान र सारंगा सुवेदीको इजलासले रिट खारेज गरेको हो

जनसम्मत
वैशाख १७, २०८१, सोमबार

गण्डकी सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ।

सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान र सारंगा सुवेदीको इजलासले उक्त रिट खारेज गरिदिएको हो।

एमाले संसदीय दलका नेता खगराज अधिकारीले सभामुखलाई समेत गणना गरेर दाबी पेस गरेपछि मुख्यमन्त्री बनेपछि काँग्रेस संसदीय दलको नेता पाण्डेले रिट दायर गरेका थिए।

गत चैत २८ गते सर्वोच्च अदालतले मुख्यमन्त्री अधिकारीलाई दीर्घकालीन असर गर्ने निर्णय नलिन अन्तरिम आदेश जारी गरेको थियो।