गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

रिटको बुधबार पेसी तोकेको छ

जनसम्मत
चैत्र २७, २०८०, मंगलवार

नेपाली काँग्रेसले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

काँग्रेस संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मंगलबार सर्वोच्चमा रिट दायर गरेका हुन्।

उनले रिटमा सभामुखलाई समेत जोडेर बहुमत दाबी गर्ने कार्य असंवैधानिक भएको दाबी गरेका छन्।

सभामुख तटस्थ व्यक्ति भएकाले कुनैपनि दलका लागि बहुमत नपुग्ने जिकिर रिटमा गरिएको छ।

यसअघि, कोशी प्रदेशमा नेकपा एमालेले नेपाली काँग्रेसविरुद्ध यही आधारमा रिट दायर गरेको थियो।

सर्वोच्चले सभामुखको मत जोड्न नपाउने आदेश गरेपछि कोशीको सरकार ढलेको थियो।