साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्कीमा गण्डकी प्रदेश उपविजेता

आर्मीलाई महिला हक्कीको उपाधि, आर्मीसँग गण्डकी ४–१ ले पराजित

जनसम्मत
वैशाख १८, २०८१, मंगलवार

गण्डकी प्रदेश छैटौँ साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपविजेता बनेको छ।

प्रतियोगिताको फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग हारेपछि गण्डकी प्रदेश उपविजेतामा चित्त बुझाएको छ।

धुलिखेल खेल मैदानमा मंगलबार भएको फाइनलमा गण्डकी प्रदेशलाई ४–१ गोलले हराउँदै आर्मीले उपाधि जितेको हो।

आर्मीलाई जित दिलाउन सरस्वती तामाङले २ गोल गरिन्।

सिमा खड्का र कमला चन्दले १/१ गोलको योगदान गरे।

गण्डकीका लागि सीतामाया बलले सान्त्वना गोल फकाइन्।

आर्मीकी कमलदा चन्द ‘प्लेअर अफ दि म्याच’ चुनिइन्।

उपाधिसँगै आर्मीले १ लाख रुपैयाँ पुरस्कार हात पारेको छ।

उपविजेता गण्डकीले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।

प्रतियोगितामा सर्वाधिक १० गोल गरेकी आर्मीकी सरस्वती तामाङ ‘बेस्ट स्कोरर’ बनिन्।

आर्मीकै निलिमा पान्डे ‘प्लेअर अफ दि टुर्नामेन्ट’ चुनिइन्।

सुदूरपश्चिम प्रदेशकी नमिता एसके इमर्जिङ प्लेअर चुनिइन्।

गण्डकीकी गोमा परियार ‘बेस्ट गोलकिपर’ बनिन्।

आर्मीकी सरिता मेचे ‘बेस्ट डिफेन्डर’ बनिन्।

विभिन्न विधामा उत्कृष्टले जनही १० हजार रुपैयाँ पुरस्कार पाए।