एथ्लेटिक्सकी ईन्द्रालाई पोखरा स्पोर्टस् अवार्डको लाइफटाइम अचिभमेन्ट अवार्ड

आगामी शुक्रबार पोखरा सभागृहमा ‘आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८०’ हुँदैछ

जनसम्मत
वैशाख २३, २०८१, आइतबार

एथ्लेटिक्सकी ईन्द्रा मल्लले आठौं पोखरा स्पोर्ट्स अवार्डको लाइफ टाइम अचिभमेन्ट अवार्ड पाउँदै छिन्।

यही वैसाख २८ गते पोखरा सभागृहमा हुने अवार्ड कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले इन्द्रालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड दिने निर्णय गरेको हो।

लाईफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित मल्ललाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लासहित सम्मान गरिने मञ्चका अध्यक्ष दीननाथ बरालले जानकारी दिए।

प्रतिभा छनोट समितिले गरेको सिफारिसलाई मञ्च गण्डकीको बैठकले अनुमोदन गरेको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए।

यसअघि, मञ्चले यो अवार्डबाट कृष्ण थापा, खड्गबहादुर रानाभाट, डा.वीरेन्द्रसिंह गुरुङ, चित्रबहादुर गुरुङ, आनन्द रञ्जित, गणेशबहादुर भट्टराई र विद्याप्रसाद मर्सानीलाई सम्मान गरिसकेको छ।

मञ्च गण्डकीले ‘आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८०’ आगामी शुक्रबार पोखरा सभागृहमा आयोजना गर्दैछ।