गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिए

६० सदस्यीय गण्डकी प्रदेश सभाको पक्षमा ३०, विपक्षमा २७, तटस्थ २

जनसम्मत
वैशाख २३, २०८१, आइतबार

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन्।

आइतबार बसेको प्रदेश सभा बैठकमा सभामुख कृष्णप्रसाद धितालले ३० जना सांसदको समर्थनमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका हुन्।

६० सदस्यीय गण्डकी प्रदेश सभामा ५७ जना सांसद उपस्थित थिए।

मुख्यमन्त्रीको पक्षमा ३० जना सांसदले मतदान गरे।

बहुमतका लागि ३१ जना सांसद हुनुपर्ने भएपनि सभामुख धितालले सर्वाेच्चको अदालतको आदेशअनुसार भन्दै अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका हुन्।

मुख्यमन्त्री अधिकारीले विश्वासको मतको विपक्षमा २७ मत परेको छ भने २ जना सांसद तटस्थ बसेका छन्।