गण्डकी प्रदेश सरकारमा मन्त्रीमण्डल विस्तार

सीता सुन्दास र वेदबहादुर गुरुङ ‘श्याम’ मन्त्री नियुक्त

जनसम्मत
वैशाख २४, २०८१, सोमबार

गण्डकी प्रदेश सरकारमा थप मन्त्रीमण्डल विस्तार गरिएको छ।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीपरिषद् विस्तार गरेका हुन्।

उनले आज मन्त्री सीता सुन्दास र वेदबहादुर गुरुङ ‘श्याम’लाई मन्त्रीमा नियुक्त गरेका हुन्।

उनीहरु अधिकारी नेतृत्वको यसअघिको मन्त्री परिषद्मा पनि मन्त्री थिए।

सीताले सामाजिक विकास तथा स्वास्थ्य र बेदबहादुरले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन्।

नवनियुक्त मन्त्रीले आज (सोमबार) प्रदेश प्रमुख डिल्लीराज भट्टबाट शपथसमेत लिएका छन्।

योसँगै अधिकारीको मन्त्रीपरिषद् ५ सदस्यीय बनेको छ।

यसअघि, हरिबहादुर चुमान र दीपक मनाङे मन्त्री नियुक्त भएका थिए।

ठीक एक महिना अघि मुख्यमन्त्री नियुक्त भएका अधिकारीले आइतबार विश्वासको मत लिएका थिए।

विश्वासको मत लिएसँगै अधिकारीले मन्त्रीपरिषद् विस्तार गरेका हुन्।