लमजुङको मध्यनेपाल नगरपालिका–६,र्लेटारमा दिदीबहिनी भलिवल कप भलिबल प्रतियोगिता शुरु

प्रतियोगितामा लमजुङका अतिरिक्त काठमाडौं, पोखरा, दमौलीलगायतका भलिबल टिमहरुको सहभागिता छ

जनसम्मत सहकर्मी
जेठ २५, २०७६, शनिबार

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–६, भोर्लेटारमा दोस्रो भोर्लेटार दिदीबहिनी भलिवल कप भलिबल प्रतियोगिता शुरु भएको छ ।

दिदीबहिनी क्लब भोर्लेटारको आयोजनामा शुरु उक्त प्रतियोगिताको एक समारोहबीच सोही वडाका अध्यक्ष विष्णुभक्त पौडेलले उदघाटन गरे ।

प्रतियोगितामा लमजुङका अतिरिक्त काठमाडौं, पोखरा, दमौलीलगायतका भलिबल टिमहरुको सहभागिता छ । लिगका आधारमा खेलाइएको उक्त प्रतियोगिताको उद्घाटन खेल आयोजक भोर्लेटार दिदीबहिनी क्लब र टप्स मावि पोखराबीच भएको क्लबका अध्यक्ष लक्ष्मी दुराले जानकारी दिइन् ।

उनका अनुुसार दोस्रो खेल बेसीशहर टिम र न्यू डायमण्ड काठमाडौंका बीचमा भएको थियो । सो प्रतियोगिताको पहिलो पुरस्कार ५० हजार र दोस्रो पुरस्कार ३० हजार रहेको आयोजक भोर्लेटार दिदी बहिनीका सचिव रश्मिता धिंगालले जानकारी दिइन् । उनका अनुसार बेष्ट प्लेयर, वेष्ट डिफेन्डर र बेष्ट सटरवाला खेलाडीलाई एक/एक हजार नदर पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगितामा महिला भलिबलका राष्ट्रिय खेलाडी प्रतिमा मालीसमेत कार्यक्रममा सहभागी हुन आएको सो खेलका राष्ट्रिय एम्पाएर खुमा गाउँले मगरले बताए । उनका अनुसार प्रतियोगितामा भाग लिनका लागि पोखराबाट रूपा थापा, रश्मिता धिंगाल, लक्ष्मी कुमालसहित झण्डै एकदर्जन संख्यामा भोर्लेटार आएका छन् ।