कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ

नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत, धनुषाले मंगलबार अनुमति दिएको थियो

जनसम्मत
जेठ ८, २०८१, मंगलवार

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले कार्यकक्षबाटै पक्राउ गरेको छ।

नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीले सिरोहियालाई कान्तिपुर पब्लिकेसन्सको केन्द्रीय कार्यालय थापाथलीबाट पक्राउ गरेको हो।

यसअघि, सिरोहियालाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँका एसएसपी सानुराम भट्टराई नेतृत्वको टोली कान्तिपुर कार्यालय पुगेको थियो।

नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत, धनुषाले मंगलबार अनुमति दिएको थियो।

सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा किटानी जाहेरी दिएका थिए।

जाहेरीमा सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरू प्रयोग गरिरहेको बताउँदै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग गरिएको थियो।