पत्रकार महासंघ कास्कीद्वारा विरही र सिग्देल पुरस्कृत

पत्रकार शिरोमणि बराल, सुरेन्द्र थापामगर, ज्यो.डा. बलराम उपाध्याय रेग्मी र विश्वप्रकाश लामिछानेलाई दीर्घ पत्रकारिता सम्मान, कार्यसमिति सदस्य सन्तोष बस्याल उत्कृष्ट सदस्य

जनसम्मत
जेठ १२, २०८१, शनिबार

पत्रकार महासंघ कास्कीद्वारा महासंघका पूर्व केन्द्रीय अध्यक्ष हरिहर विरही र पत्रकार महासंघ कास्कीका सह–सचिव श्रीराम सिग्देललाई पुरस्कृत गरेको छ।

महासंघ कास्कीले महासंघका पूर्व केन्द्रीय अध्यक्ष विरहीलाई ‘कृति स्मृति पत्रकारिता वृत्ति सम्मान’ र सिग्देललाई ‘आर्थिक पत्रकारिता पुरस्कार’ बाट पुरस्कारबाट सम्मान गरेको हो।

विरहीलाई १ लाख ११ हजार राशिको ‘कृति स्मृति पत्रकारिता वृत्ति सम्मान’ को साथमा दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरेको हो।

महासंघ कास्कीको शनिबार १७ औं साधारणसभा तथा १२ औं अधिवेशनमा उनलाई प्रथम राष्ट्रपति डा. रामवरण यादवले सम्मान गरेका हुन्।

विरही ४४ वर्षदेखि पत्रकारितामा क्रियाशील छन्।

पूर्व सांसद समेत रहेका पोखराका वरिष्ठ उद्योगपति एवं समाजसेवी सूर्यबहादुर केसी परिवारबाट सूर्यप्रेम ट्रस्ट स्थापना गरी ‘कृति स्मृति पत्रकारिता वृत्ति’का लागि अक्षयकोष स्थापना गरिएकोमा महासंघ कास्कीले सो पुरस्कार संचालन गर्दै आएको छ।

सो अवसरमा पत्रकार श्रीराम सिग्देललाई ‘आर्थिक पत्रकारिता पुरस्कार’ सम्मानित गरेको छ।

पुरस्कार राशि २० हजार र सम्मानपत्र छ।

सिग्देल चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष समेत हुन्।

सो अवसरमा शिरोमणि बराल, सुरेन्द्र थापामगर, ज्यो.डा. बलराम उपाध्याय रेग्मी र विश्वप्रकाश लामिछाने दीर्घ पत्रकारिता सम्मानबाट सम्मानीत भए।

विमला भण्डारी नेतृत्वको ३ वर्षे कार्यकालमा उत्कृष्ट कार्यसमिति सदस्यबाट सन्तोष बस्याल नगद १० हजारसहितको पुरस्कारबाट सम्मानित भए।