गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेद्धारा मन्त्रीमण्डल विस्तार

दिपक मनाङे भौतिक पूर्वाधार र फणिन्द्र देवकोटा उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री, दुबै जनाले लिए मन्त्रीको सपथ पनि

जनसम्मत
जेठ २९, २०८१, मंगलवार

सोमबार विश्वासको मत पाएका गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज (मंगलबार) मन्त्रीमण्डल बिस्तार गरेका छन्।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफूलाई विश्वासको मत दिएका दीपक मनाङे (राजीव गुरुङ) र फणिन्द्र देवकोटालाई मन्त्री बनाएका हुन्।

प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री मनाङे र ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फणिन्द्र देवकोटाले आज (मंगलबार) सपथ समेत लिएका छन्।

उनीहरुलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले एक कार्यक्रमबीच सपथ गराए।

फणिन्द्र पहिलोपटक र मनाङे छैटौँपटक मन्त्री बनेका हुन्।