मिडिया काउन्सिल विधेयकको विरोधमा पोखरामा प्रदर्शन

पोखराको महेन्द्रपुलमा संचारकर्मीले मानव साङ्लो जुलुस प्रदर्शन गरेका हुन्

जनसम्मत
जेठ २५, २०७६, शनिबार

पोखरा । सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी प्रावधान खारेजीको माग गर्दै पोखरा संचारकर्मीले विरोध प्रदर्शन गरेको छन ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको अगुवाइमा शनिवार विहान पोखराको महेन्द्रपुलमा संचारकर्मीले मानव साङ्लो जुलुस प्रदर्शन गरेका हुन् । शान्तिपूर्ण आन्दोलनमा उत्रिएका देशैभरीका संचारकर्मीका मागलाई नेकपा सरकारले कुनै सुनुवाई गरेको छैन ।

स्थानीय चिप्लेढुंगाबाट शुरु भएको मानव साङ्लो जुलुस महेन्द्रपुलमा पुगि विरोध सभामा परिणत भएको थियो ।