विश्व नम्बर एक नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको सेमिफाइनलबाटै बाहिरिए

थिएमले जोकोभिचविरुद्व ६–२, ३–६, ७–५, ५–७ र ७–५ को जित निकाले

एजेन्सी
जेठ २७, २०७६, सोमबार

विश्व नम्बर एक नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको सेमिफाइनलबाटै बाहिरिएका छन् ।

डोमिनिक थिएमसंग पराजित हुदै जोकोभिच फ्रेन्च ओपनबाट बाहिरिएका हुन् ।

थिएमले जोकोभिचविरुद्व ६–२, ३–६, ७–५, ५–७ र ७–५ को जित निकाले । थिएम र जोकोभित्रबीचको सेमिफाइनल खेल खराब मौसमका कारण तीन पटक अवरुद्व बनेको थियो ।

चौथो वरीयताका थिएमले उपाधिका लागि ११ पटकका च्याम्पियन राफेल नाडालसँग आइतबार प्रतिस्पर्धा गर्नेछन् । यसअघि, शुक्रबार भएको सेमिफाइनलमा स्विस रोजर फेडेररलाई पराजित गर्दै नाडाल उपाधि फाइनल पुगेका छन् । पेरिसमा भएको सेमिफाइनलमा नाडालले फेडेररलाई ६–३, ६–४ र ६–२ को सेटमा पराजित गरेका थिए ।

थिएमले यसअघि विश्व वरीयताका शीर्ष खेलाडीलाई पराजित गरेका थिएनन् । उनी दोस्रो पटक फाइनल पुग्ने पहिलो अष्ट्रेलियन खेलाडी बनेका छन् ।

२५ बर्षका थिएमले भने, ‘ग्रान्डस्लाम प्रतियोगिताको फाइनलमा पुगेको मेरा लागि यो अविश्वसनीय दिन हो,’ थिएमले भनेका छन् ।