एसीलेइग बार्टीले जितिन् फेन्च ओपन टेनिस

एसीलेइग बार्टी १७ महिनाअघि क्रिकेट छाडेर टेनिसमा फर्किएकी थिइन्

एजेन्सी
जेठ २८, २०७६, मंगलवार

फ्रेन्च ओपन टेनिस महिलातर्फको उपाधि अष्ट्रेलियाकी एसीलेइग बार्टीले जितेकी छन् ।

शनिबार राति भएको फाइनलमा पूर्व क्रिकेटर समेत रहेकी बार्टीले चेक रिपब्लिककी मार्केटा भोनड्रोउसोभालाई २–० को सोझो सेटमा हराइन् ।
आठौं वरियताकी बार्टीले भोनड्रोउसोभालाई ६–१ र ६–३ ले स्तब्ध पारिन् । २३ बर्षीय बार्टीको यो पहिलो ग्रान्डस्लाम उपाधि हो । उनी १७ महिनाअघि क्रिकेट छाडेर टेनिसमा फर्किएकी थिइन् । उपाधि जितेपछि बार्टी दोस्रो वरीयतामा उक्लिकी छन् ।

भोनड्रोउसोभा १६ औं वरीयतामा पुगेकी छन् । यसैगरी, आइतबार राति हुने पुरुषतर्फको उपाधिका लागि दोस्रो वरीयताका स्पेनिस राफेल नाडाल र चौथो वरीयताका अष्ट्रेलियन डोमिनिक थेइमबीच भिडन्त हुनेछ । गत संस्करणमा पनि यी दुई खेलाडी फाइनलमा भिडेका थिए ।