फिफा महिला विश्वकपमा स्पेन र नर्वेले खेल जित्यो

स्पेनले दक्षिण अफ्रिकाको एक गोलको अग्रतालाई उल्ट्याउँदै खेललाई आफ्नो पक्षमा पा¥यो

एजेन्सी
जेठ २८, २०७६, मंगलवार

फिफा महिला विश्वकप अन्तर्गत शनिबार राति भएको खेलमा नर्वे र स्पेन विजयी भएका छन् ।

स्पेनले दक्षिण अफ्रिका र नर्वेले नाइजेरियामाथि जित निकालेको हो । उपाधिको दाबेदार टिम स्पेनले दक्षिण अफ्रिकालाई ३–१ गोलले हरायो । स्पेनले दक्षिण अफ्रिकाको एक गोलको अग्रतालाई उल्ट्याउँदै खेललाई आफ्नो पक्षमा पा¥यो । खेलको २५ औं मिनेटमा गाट्लानाले गोल गर्दै दक्षिण अफ्रिकालाई अग्रता दिलाएका थिए ।

पहिलो हाफसम्म एक गोलको अग्रता कायम राखेको दक्षिण अफ्रिकाको खेल दोस्रो हाफमा खस्कन पुग्यो । दोस्रो हाफमा स्पेनले २० मिनेटभित्र तीन गोल फर्काउन सफल भयो । स्पेनिस टोलीका लागि दुई गोल पेनाल्टीबाट भएको थियो ।

७० औं र ८३ औं मिनेटमा जेनिफर हेरमोसोले पेनाल्टीबाट दुई गोल गरेपछि स्पेन खेलमा फर्किएको थियो । त्यसपछि, ८९ औं मिनेटमा लुसिया गार्सियाले स्पेनका लागि तेस्रो गोल गरिन् । दक्षिण अफ्रिका ८२ औं मिनेटमा १० खेलाडीमा झर्न पुगेको थियो । उसकी भिलाकाजी दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएकी थिइन् ।

अर्को खेलमा नर्वेले नाइजेरियालाई ३–० ले हरायो । नर्वेका लागि रेइटेल र उट्लान्डले एक÷एक गोल गरे । नर्वेले एक सूसाइड गोल उपहार पाएको थियो ।