युरो कप छनौटमा टर्की, इटली र जर्मनीको जित

टर्कीले २–० ले जित निकाल्दै विश्वकपको साविक विजेता फ्रान्सलाई स्तब्ध बनायो

एजेन्सी
जेठ २८, २०७६, मंगलवार

 युरो कप छनौटअन्तर्गतको खेलमा टर्की, इटली र जर्मनीले जित निकालेका छन् ।

टर्कीले डिफेन्डिङ चयाम्पियन फ्रान्समाथि, इटलीले पूर्व च्याम्पियन ग्रीसमाथि र जर्मनीले बेलारुसमाथि जित निकालेको हो ।

गए रातिको खेलमा टर्कीले २–० ले जित निकाल्दै विश्वकपको साविक विजेता फ्रान्सलाई स्तब्ध बनायो । आफ्नो घरमा भएको खेलमा टर्कीले फ्रान्सलाई १ गोल पनि गर्न दिएन । उसका लागि कान एहान र सेन्जिग अन्डरले एक÷एक गोल गरे । कान एहानले खेलको ३० औं मिनेटमा पहिलो गोल गरेका थिए ।
त्यसपछि, अन्डरले ४० औ मिनेटमा गोल गरेपछि पहिलो हाफमा २–० को अग्रता दिलाए । दोस्रो हाफमा पाहुना टोली फ्रान्सले कमब्याक गर्न सकेन । खेल टर्कीले २–० ले आफ्नो पक्षमा पा¥यो ।

यससँगै समूह ‘एफ’ मा टर्कीले लगातार तेस्रो जित दर्ता गरेको छ । उसले ३ खेलमा ९ अंक बनाएर शीर्ष स्थानमा छ । फ्रान्स ६ अंक जोडेर दोस्रो स्थानमा छ ।

युरोकप छनोट अन्तर्गत समूह चरणको खेलमा जर्मनी र इटली विजयी हुँदा विश्व विजेता फ्रान्स भने टर्कीसँग पराजित भएको छ ।

अर्को खेलमा जर्मनले बेलारुसलाई २–० ले हरायो । जर्मनको जितमा साने र मार्कुस रिउसले एक एक गोल गरे । खेलको १२ औं मिनेटमा सानेको गोलबाट अग्रता बनाएको जर्मनीले ६२ औं मिनेटमा रिउसको गोलमार्फत अन्तर दुई शून्यमा पु¥यायो ।

अर्को खेलमा इटलीले पूर्व च्याम्पियन ग्रीसलाई ३–० ले पाखा लगायो । इटलीको जितमा बारेला, इन्सिग्नी र बोनुसीले एक÷एक गोल गरे । पहिलो हाफमा इटलीले तीनै गोल गरेको थियो ।