आइसीसी विश्वकप क्रिकेटमा लगातारको खेल जित्दै न्युजिल्यान्ड शीर्ष स्थानमा

एजेन्सी
जेठ २८, २०७६, मंगलवार

 आइसिसी क्रिकेट विश्वकप २०१९ मा लगातार तेस्रो जित हात पारेर न्युजिल्यान्ड शीर्ष स्थानमा कायम छ ।

तीन खेलमा ३ जित हात पार्दै न्युजिल्याण्डले ६ अंक बटुलेको छ । न्युजिल्याण्डको २ दशमलव १६३ को सुखद रनरेट रहेको छ ।

खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित ग¥यो । जारी विश्वकपमा अफगानिस्तानको भने यो लगातार तेस्रो हार हो ।

पहिले ब्याटिङ गरेको अफगानिस्तान ४१ दशमलव १ ओभरमा १७२ रनमै अलआउट भयो । अफगानिस्तानका लागि हस्मातुल्लाह शाहिदीले सबैभन्दा बढी ५९ रन जोडे । बलिङमा न्युजिल्यान्डका जेम्स निशमले ५ विकेट लिए । लकी फग्र्युसनको नाममा ४ विकेट रह्यो ।

१ सय ७३ रनको लक्ष्य न्युजिल्यान्डले ३२ दशमलव १ ओभरमा ३ विकेटको क्षतिमा पार ग¥यो । मार्टिन गुपटिल पहिलो बलमै अफ्ताब आलामको बलमा आउट भएका थिए । कोलिन मुनरोले २२ रन जोडे । रोश टेलर ४८ रनमा आउट भए । कप्तान केन विलियम्सनले नटआउट ७९ रन जोडे । उनले ९९ बलमा ९ चौका हिर्काए । टम लाथामले नटआउट १३ रन बटुले । बलिङमा अफगानिस्तानका अफ्ताबले ३ विकेट लिए ।