आइसीसी कप क्रिकेट : १२ वर्षपछि बंगलादेशमाथि इङल्याण्डको जित

इङल्याण्डले सन् २०११ र सन् २०१५ को विश्वकपमा बंगलादेशसँग हारेको थियो

एजेन्सी
जेठ २८, २०७६, मंगलवार

 विश्वकप क्रिकेटको इतिहासमा इङल्याण्डले बंगलादेशलाई १२ वर्षपछि हराएको छ ।

खेलमा घरेलु टोली इङल्याण्डले बंगलादेशलाई १ सय ६ रनको फराकिलो जित हात पारेको थियो ।

यसअघि सन् २००७ को विश्वकपमा बंगलादेशलाई पराजित गरेको इङल्याण्डले सन् २०११ र सन् २०१५ को विश्वकपमा बंगलादेशसँग हारेको थियो ।

इङल्याण्डलाई बिशाल जित दिलाउन जेसन रोएले सानदार शतक जोडे । टस हारेर ब्याटिङको निम्तो पाएको इङल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ८६ रन जोड्दा रोए एक्लैले १ सय ५३ रनको इनिङ्स खेले ।

खेलको प्लेयर अफ दि म्याच चुनिएका रोएले १ सय २१ बलमा १४ चौका र ५ छक्कासहित १ सय ५३ रन जोड्न सफल रहे । रोएसंगै जोनी बेयरस्ट्रोकले ५१ रन जोड्दा इङल्याण्डले १ सय २८ रनको ओपनिङ साझेदारी पाएको थियो ।

बंगलादेशको बलिङमा मोहम्मद सैफुदीन र मेहेदी हसनको नाममा समान २ विकेट रहेपनि सबै बलरहरु महँगो साबित भए । जवाफमा ३ सय ८७ रनको बिजयी लक्ष्य लिएर मैदान उत्रिएको बंगलादेशले ४८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउनु अघि २ सय ८० रन मात्र जोड्न सक्यो । उसको चेजमा शाकिब अल हसनले शतक बनाएपनि अन्य ब्याट्सम्यानले खास योगदान दिन सकेनन् ।

१ सय १९ बल खेल्दै १२ चौका र १ छक्कासहित शाकिबले १ सय २१ रन जोडे । यस्तै, मुश्फिकुर रहिमले ४४ र महाम्दुल्लाले २८ रन जोडेपनि जितका लागि पर्याप्त भएन । इङल्याण्डको बलिङमा जोफ्रा आर्चर र बेयर स्ट्रोक्सले समान ३ विकेट हात पारे । य मार्क वुडको नाममा २ विकेट रह्यो ।