नाडाललाई १२ औं पल्ट फ्रेन्च ओपन टेनिसको उपाधि

थेमलाई ६–३, ५–७, ६–१ र ६–१ को सेटमा पराजित गरे

एजेन्सी
जेठ २८, २०७६, मंगलवार

अष्ट्रियाका डोमेनेक थेमलाई पराजित गर्दै राफेल नाडालले १२ औं पल्ट फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् ।

सन् २०१८ को फाइनल नै दोहोरिएको खेलमा थेमको कठिन चुनौतिलाई पन्छाउँदै नाडाल ग्राण्डस्लामको उपाधि १२ पटक जित्ने पहिलो खेलाडी बनेका छन् ।

उनले थेमलाई ६–३, ५–७, ६–१ र ६–१ को सेटमा पराजित गरे । यो नाडाल अब रोजर फेडेररको सर्वकालीन कीर्तिमानी २० ग्राण्डस्लाम उपाधिबाट २ उपाधिले पछाडि तथा नोभाक जोकोभिचभन्दा ३ उपाधिले अगाडि छन् । दोस्रो वरीयताका यी खेलाडीले फ्रेन्च ओपनमा ९३ जितेको कीर्तिमानसमेत बनाएका छन् ।

यो नाडालको करिअरमा ८२ औं उपाधि हो भने ९ सय ५० औं जित हो । सानदार शट र शारीरिक कमजोरीका बाबजुद ५३ मिनेट चलेको पहिलो सेटमा एक समय थेमले ३–२ को अग्रता लिएका थिए । थेमले आफ्नो करिअरमा नाडालबिरुद्ध चौथोपल्ट पराजय बेहोरेको हुन् ।