प्रधानसेनापति कप भलिबल, फाइनलमा आर्मीसँग गण्डकीको हार

फाइनलमा गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो

जनसम्मत
जेठ २८, २०७६, मंगलवार

पोखरा । गण्डकी प्रदेशले आयोजक त्रिभुवन आर्मी क्लबसँग प्रधानसेनापति कप भलिबलको फाइनलमा हार बेहोरेको छ ।

गण्डकीको हारसँगै आयोजक आर्मी चौंथो संस्करणको प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

सोमबार भएको फाइनलमा गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो । लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा पहिलो सेट गुमाएपनि उत्कृष्ट पुनरागमन गर्दै आर्मीले उपाधिलाई आफ्नो बनायो । आर्मीले पहिलो सेट गण्डकीसँग १६–२५ ले गुमाएको थियो ।

तर, आर्मीले त्यसपछिको तीन सेट लगातार जित्दै उपाधिलाई आफ्नो पक्षमा बनायो । आर्मीले दोस्रो सेट २५–८, तेस्रो सेट २५–१० र चौंथो सेट २५–१६ ले जितेको थियो ।

योसँगै आर्मीले लगातार चौंथो पटक प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । आर्मीले पहिलो संकरणदेखि लगातार चौंथो संस्करणको उपाधि घरमै राख्न सफल भएको छ । उपाधिसँगै आर्मीले ३ लाख प्राप्त गरेको छ । उपविजेता बनेको गण्डकीले १ लाख ५० हजार प्राप्त ग¥यो ।

प्रतियोगितामा नेपाल पुलिस क्लबले तेस्रो स्थान हासिल ग¥यो । तेस्रो भएसँगै पुलिसले ७५ हजार रुपैयाँ प्राप्त गरेको छ ।

प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीमा आर्मीका भैरब बम बने । सर्वोत्कृष्ट खेलाडी बनेसँगै भैरवले एक थान पल्सर मोटरसाइकल हात पारे । उनलाई प्रतियोगिताको मुख्य प्रायोजक हंसराज हुलासचन्द बजाजकी सहायक निर्देशक पुनम सिंहले मोटरसाइकलको चावी हस्तान्तरण गरिन् ।

व्यक्तिगत विधातर्फपनि आर्मीकै वर्चस्व रह्यो । आर्मीका ईश्वर थापा उत्कृष्ट लिफ्टर, दुर्गाप्रसाद महतो उत्कृष्ट सेटर र हरि अधिकारी उत्कृष्ट सर्भर चुनिए । आर्मीका कपिलकिशोर श्रेष्ठ उत्कृष्ट प्रशिक्षक चुनिए । गण्डकीका याम क्षेत्री उत्कृष्ट स्पाइकर र पुलिसका कुलबहादुर थापा उत्कृष्ट सर्भर चुनिए । उनीहरुले समान १० हजार रुपैयाँ पाए ।

यसअघि, सेमिफाइनलमा आर्मीले पुलिस र गण्डकीले एपीएफ क्लबलाई हराएको थियो । नेपाली सेनाको आयोजनामा भएको प्रतियोगितामा ३ विभागीय र ७ प्रदेशको टिमले सहभागिता जनाएका थियो ।