गोकर्ण कार्की, पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष

प्रतिस्पर्धी अर्जुन पोखरेललाई ४८८ मन्तान्तरले हराउँदै पोउवासंघको नेतृत्व तहमा पुगेका हुन्

जनसम्मत
भाद्र ३०, २०८१, आइतबार

पोखरा उद्योग वाणिज्य संघको ३५ औँ महाधिवेशनबाट अध्यक्षमा गोकर्ण कार्की निर्वाचित भएका छन्।

कार्कीले प्रतिस्पर्धी अर्जुन पोखरेललाई ४८८ मन्तान्तरले पराजित गरेका हुन्।

कार्कीले १ हजार ३३९ मत प्राप्त गर्दा पोखरेलले ८५१ मत प्राप्त गरे।

पोखरेल ३४ औँ महाधिवेशनमा पनि अध्यक्ष पदमै प्रतिस्पर्धा गरेर पराजित भएका थिए।

३४ औँ महाधिवेशनमा पोखरेलले ८९७ मत प्राप्त गरेका थिए।

उनले यसपटक निर्वाचन जित्न निकै मेहनत गरेपनि अघिल्लो पटकको भन्दा यस पटक मत झनै घट्यो।

अध्यक्ष, उपमहासचिव र केही सदस्यबाहेक पदाधिकारी र अधिकांश सदस्य पदमा भने पोखरेल समूहबाटै विजयी भएका छन्।

संघको वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उपाध्यक्ष (उद्योग) मा दिनेशचन्द्र बास्तोला, उपाध्यक्ष (वाणिज्य) मा बलराम आचार्य विजयी बने।

महासचिवमा शोभा गौतम बनिन्।

कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भए।

उनीहरु, सबै पोखरेल प्यालनबाट प्रतिस्पर्धा गरेका थिए।

यस्तै, उपमहासचिवमा सुदीप प्रधानाङ्ग विजयी भए।

उनले बालकृष्ण कोइरालालाई पराजित गरेका हुन्।

प्रधानाङ्गले १ हजार १७७ मत र कोइरालाले १ हजार १४७ मत प्राप्त गरे।

पराजित कोइराला अर्जुन पोखरेलको प्यानलबाट चुनावी मैदानमा प्रतिस्पर्धी थिए। प्रधानाङ्ग कुनैपनि समूहबाट नभई स्वतन्त्र उम्मेद्वारी दिएका थिए।

यसैगरी, खुला सदस्यमा ललितबहादुर कुँवर १ हजार ५३९, देवेन्द्र प्रजु १ हजार ५१६, सौगात थापा १ हजार ४९४, दूधमान गुरुङ (आशिष) १ हजार ४६८ र भीम गौतम १ हजार ४३९ मत ल्याएर विजयी बने।

यस्तै, टिकाराम सुवेदी (माधव) ले १ हजार ३९४, जीवनप्रकाश श्रेष्ठ १ हजार ३८३, रामचन्द्र तिमिल्सिना ‘ढाकाटोपी बाजे’ १ हजार ३७५, प्रदीप राजभण्डारी १ हजार ३७० र यादवप्रसाद पोखरेल १ हजार, ३०३ मत ल्याएर विजयी बने।

उनीहरुसँगै प्रतिस्पर्धा गरेका विनोद केसी १ हजार २९६, लेखनाथ सुवेदी १ हजार २८६, प्रेमप्रसाद सुवेदी १ हजार २८५, विष्णुप्रसाद तिमिल्सिना १ हजार २३० मतका साथ पराजित बन्न पुगे।

यस्तै, कार्यसमिति सदस्यमा वस्तुगततर्फबाट सूर्य घिमिरे (मदिरा) २२, दुर्गा बराल (कस्मेटिक) २१, पृथ्वीराज तिमिल्सिना २० र नवीन नापित (कपडा) १४ मतका साथ विजयी भएका छन्।

नापित र दीपेन्द्र कोइरालाको समान १४÷१४ मत आएपछि गोला प्रथा गरिएकोमा नापित विजयी भएका हुन्।

संघको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो।

संघमा २ हजार ९०७ जना सदस्य मतदाता रहेकोमा २ हजार २५१ सदस्यले मतदान गरेका थिए।