भारतीय क्रिकेटका ब्याट्सम्यान, अलराउण्डर युवराज सिंहले सन्यास लिए

सोमबार युवराजले सन्यासको घोषणा गरेका हुन्

एजेन्सी
जेठ २८, २०७६, मंगलवार

भारतीय क्रिकेट टिमका पुर्व विश्फोटक ब्याट्सम्यान तथा अलराउण्डर युवराज सिंहले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । सोमबार युवराजले सन्यासको घोषणा गरेका हुन् ।

युवराजको नाममा विश्व क्रिकेटमा ६ बलमा ६ छक्का, १२ बलमा अर्ध शतक पूरा गर्ने जस्ता दुर्लभ कीर्तिमान छन् । युवराजले सन् २००० मा केन्याविरुद्ध वान डे क्रिकेटमा डेब्यू गरेका थिए ।

उनले ३ सय ४ वान डे खेलमा २ सय ६१ इनिङमा १४ शतक र ५२ अर्ध शतकसहित कूल ८ हजार ७ सय १ रन बटुलेका छन् । वेस्ट प्रदर्शन १ सय ५० छ । त्यस्तै, ४० टेस्टमा ३ शतक र ११ अर्ध शतकसहित कूल १ हजार ९ सय रन बटुलेका छन् ।

सन् २००३ मा न्युजिल्यान्डबीरुद्ध टेस्टमा डेब्यू गरेका थिए । त्यस्तै, ५८ टी–ट्वान्टी अन्तराष्ट्रिय ५८ खेलमा कूल ४ सय ९९ रन बटुलेका छन् । वान डे क्रिकेटमा १ सय ११, टेस्टमा ९ र टी–ट्वान्टीमा २८ विकेट लिएका छन् ।

युवराज सन् २०१७ यता भारतीय टोलीमा छैनन् । सन् २००७ मा टी–ट्वान्टी विश्वकप र सन् २०११ को वान डे विश्वकप भारतले जित्दा युवराजको प्रर्दशन महत्वपूर्ण थियो ।