पोखरामा खानेपानी शुद्धिकरण योजना : खानेपानी मन्त्री मगरले योजनाको उद्घाटन गरिन्

आयोजनाबाट पोखरा महानगरपालिका क्षेत्रभित्रका ४ लाख २५ जनसंख्या प्रत्यक्ष लाभान्वित हुनेछन्

जनसम्मत
जेठ २८, २०७६, मंगलवार

पोखरा । पोखरामा वितरण हुने खानेपानी शुद्धीकरण परियोजना शुरु भएको छ ।

नेपाल सरकारको खानेपानीमन्त्री विना मगरले मंगलबार एक कार्यक्रमबीच शुद्धिकरण योजनाको शुभारम्भ गरिन् । पोखरामा बर्षातको समयमा धमिलो आउने समस्या समाधनका लागि नेपाल खानेपानी संस्थानले शुद्धीकरण योजना ल्याएको हो ।

खानेपानी शुद्धिकरण परियोजनाका लागि जापान सरकारको सहयोग संस्था (जाइका) ले नेपाललाई ४ अर्ब ८१ करोड जापानी येन अनुदान दिने सहमतिअनुसार उक्त योजना शुरु गरिएको हो । उक्त कार्यक्रममा नेपाल सरकार र जाइकावीच सम्झौतापत्रमा हस्ताक्षरसमेत भएको छ ।

कास्कीको माछापुच्छे«े गाउँपालिकामा रहेको मर्दीखोला मुहानबाट पोखरामा १९ मा शुद्धिकरण गरेर पानीलाई पोखरामा वितरण गरिनेछ । मर्दि खोलास्थित खानेपानी सुधारका लागि याचियो इन्जिनियरिङ कम्पनी लिमिटेडले सन् २००४ मा अध्ययन गरेको थियो ।

संस्थानका अनुसार काठमाडौं उपत्यका बाहिर शुरु हुन लागेको पहिलो ठूलो आयोजना हो । जापानीज हाजमा एन्दो कर्पोरेसन कम्पनीले कामको जिम्मा पाएको छ । प्लान्ट निर्माण पनि पोखरामा शुद्धपानी पिउन पाउने नेपाल खानेपानी कार्यालय पोखराका प्रमुख इन्जिनीयर निरण महर्जनले जानकारी दिए । दैनिक साढे ४ करोड लिटर पानी प्रशोधन गर्ने क्षमता रहने बताइएको छ ।

आयोजनाको निर्माण आगामी ३ वर्षभित्र सक्ने संस्थानले लक्ष्य राखेको छ । खानेपानीको क्षेत्रमा यो अहिलेसम्मकै ठूलो आर्थिक सहयोग रहेको बताइन्छ । अनुदान रकम पानी शुद्धीकरण प्लान्ट निर्माण र पाइपलाइन विस्तारमा खर्च गरिनेछ ।

प्रशोधन केन्द्र निर्माण गर्ने, पोखराका ३ ठाउँमा २० लाख लिटर क्षमताका रिजर्भवायर पानी ट्यांकी बनाउने र खानेपानी आपूर्तिका लागि १ सय किलोमिटर पाइप बिछ्याउने महर्जनले जानकारी दिए । पोखराको पस्र्याङ, फूलबारी र कोलपाटनमा रिजर्भवायर ट्यांकी निर्माण गर्ने योजना छ ।

यस आयोजनाबाट पोखरा महानगरपालिका क्षेत्रभित्रका ४ लाख २५ जनसंख्या प्रत्यक्ष लाभान्वित हुनेछन् । खानेपानी संस्थान अन्तर्गत पोखराका ४० हजार ५ सय घरधुरीमा खानेपानी धारा जडान भएको छ । पोखरामा दैनिक साढे ६ करोड लिटरको पानीको माग भएपनि हाल साढे ५ करोड लिटर मात्रै आपूर्ति हुँदै आएको छ ।