आइसीसी विश्वकप क्रिकेटमा श्रीलंका र बंगलादेशले अंक बाँडे

श्रीलंका ४ खेलमा १ मा जित १ मा हारका साथ ४ अंक जोड्दै पाँचौ स्थानमा र बंगलादेश ४ खेलमा १ मा जित र २ मा हारका साथ ३ अंक जोड्दै सातौं स्थानमा छ

एजेन्सी
जेठ ३०, २०७६, बिहीवार

एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार हुने भनिएको श्रीलंका र बंगलादेशबीचको खेल रद्ध भएको छ ।

वर्षाको कारण खेलनै सुरु हुन नपाई रद्ध भएको हो । योसँगै दुबै टोलीले एक/ एक अंक बाँडेका छन् । श्रीलंका ४ खेलमा १ मा जित १ मा हारका साथ ४ अंक जोड्दै पाँचौ स्थानमा छ ।

यसअघि श्रीलंकाले वर्षाको कारण पाकिस्तानसँग पनि अंक बाँडेको थियो । श्रीलंकाले पाँचौ खेलमा आगमी शनिबार अष्ट्रेलियासँग खेल्नेछ ।
बंगलादेश ४ खेलमा १ मा जित र २ मा हारका साथ ३ अंक जोड्दै सातौं स्थानमा पुगेको छ । बंगलादेशले आफ्नो पाँचौ खेल आगमी सोमबार वेस्ट इन्डिजसँग खेल्ने छ ।