युरो कप छनोट : १२ खेलमा ४५ गोल

खेलहरुमा केही पत्यारिला र केही अपत्यारिला नतिजाहरु छन्

एजेन्सी
जेठ ३०, २०७६, बिहीवार

युरो कप छनौट फुटबलमा सोमबार राति १२ खेल भएको छ ।

१२ खेलमा ४५ गोल भएको छ । खेलहरुमा केही पत्यारिला र केही अपत्यारिला नतिजाहरु आएका छन् । समूह ए को खेलमा कोसोभोले बुल्गेरियालाई ३–२ ले हरायो । चेक गणतन्त्रले मोन्टेनेग्रोलाई ३–० ले हरायो ।

समूह बी को खेलमा सर्बियाले लिथुआनियालाई ४–१ ले हरायो । युक्रेनले लग्जेम्बर्गलाई १–० ले हरायो । समूह डी को खेलमा डेनमार्कले जर्जियालाई ५–१ ले हरायो । आयरल्याण्डले जिब्राल्टारलाई २–० ले हरायो ।

समूह एफमा नर्वेले फारोइ आइल्याण्डलाई २–० ले हरायो । रोमानियाले माल्टालाई ४–० ले हरायो । स्पेनले स्वीडेनलाई ३–० ले हरायो । स्पेनका लागि सर्जियो रामोस र अल्भारो मोराटा गोल गरे । स्पेनकै लागि माइकेल ओयारजाबालले पेनाल्टीमार्फत गोल गरे ।

समूह जी को खेलमा अष्ट्रियाले नर्थ मेसेडोनियालाई ४–१ ले हरायो । स्लोभेनियाले लात्भियालाई ५–० ले हरायो । पोल्याण्डले इजरायललाई ४–० ले हरायो ।

समूह ए मा इङल्याण्ड र चेक गणतन्त्रको समान ६ अंक, कोसोभोको ५ तथा मोन्टेनेग्रो र बुल्गेरियाको समान २ अंक छ । समूह बी मा युक्रेनको १० अंक छ । लग्जेम्बर्ग र सर्बियाको समान ४ अंक छ । पोर्चुगलको २ र लिथुआनियाको १ अंक छ ।

समूह डी मा आयरल्याण्ड १० अंकसहित शीर्ष स्थानमा छ । डेनमार्क ५ अंकबाट दोस्रो, स्वीटजरल्याण्ड ४ अंकबाट तेस्रो, जर्जियाको ३ अंक र जिब्राल्टार अंकविहिन छ ।

समूह एफमा चौथो चरणको समाप्तिसम्म १२ अंकबाट स्पेन शीर्ष स्थानमा छ । ७ अंकबाट स्वीडेन दोस्रो स्थानमा छ । रोमानिया पनि ७ अंंकसहित तेस्रो स्थानमा छ । नर्वे ५ अंकबाट चौथो, माल्टाको ३ अंक र फारोइ आइल्याण्ड अंकविहीन रहेको छ ।

समूह जी मा चौथो चरणको समाप्तिसम्म पोल्याण्ड १२ अंकसहति पहिलो स्थानमा छ । इजरायल ७ अंकसहित दोस्रो स्थानमा छ । अष्ट्रिया ६ अंकसहित तेस्रो स्थानमा छ । स्लोभेनिया ५ अंकसहित चौथो स्थानमा छ । नर्थ मेसेडोनिया ४ अंकसहित पाँचौं स्थानमा र लाट्भिया शून्य अंकसहित अंकतालिकाको पुछारमा छ ।