एन्फा उमेर समूह, प्रदेश र साग गेमका प्रशिक्षकहरुको चयन

सागको पुरुष प्रशिक्षकमा बाल गोपाल महर्जन र महिला प्रशिक्षकमा हरि खड्का

जनसम्मत
जेठ ३०, २०७६, बिहीवार

पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विभिन्न उमेर समूहको राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक चयन गरेको छ ।

एन्फाले मंगलबार दक्षिण एसियाली खेलकुद (साग) टिम, यु–१६, य–१८, यु–१५, बुटवल एकेडमी, धरान एकेडमी र सातै प्रदेशको मुख्य प्रशिक्षक चयन गरेको हो । एन्फाको टेक्निकल टिमले मंगलबार मुख्य प्रशिक्षक घोषणा गरेको हो ।

एन्फाले नेपालमा आयोजना हुने सागको पुरुष टिमको मुख्य प्रशिक्षकमा बाल गोपाल महर्जन, सहायक प्रशिक्षक राजेश मानन्धर र गोलकिपर प्रशिक्षकमा मृगेन्द्र मिश्रलाई चयन गरेको छ ।

साग टिम महिलाको मुख्य प्रशिक्षकमा हरि खड्का, सहायक प्रशिक्षकमा अरुणा गुरुङ र गोलकिपर प्रशिक्षकमा अस्मिता खवास चयन गरेको छ ।

यु–१६ को पुरुषको मुख्य प्रशिक्षकमा सुनिल श्रेष्ठ, सहायकमा राजकुमार केसी, गोलकिपरमा बिनोद डंगोल चयन भएका छन् । यु–१८ पुरुषको मुख्य प्रशिक्षकमा चेतनारायण श्रेष्ठ, सहायकमा सनोज श्रेष्ठ र गोलकिपरमा छन्नुराम चौधरी चयन भएका छन् ।

यु–१५ महिलाको मुख्य प्रशिक्षकमा राकेश श्रेष्ठ, सहायकमा भगवती थापा, गोलकिपरमा मिन बस्नेत छन् ।

यस्तै, बुटवल एकेडमीका लागि मुख्य प्रशिक्षकमा हरिओम श्रेष्ठ, सहायक प्रशिक्षकमा पुकार गहतराज र गोलकिपरमा दिलिप छत्री चयन भएका छन् । धरान एकेडमी र प्रदेश १ को मुख्य प्रशिक्षकमा सुमन श्रेष्ठ रहेका छन् ।

त्यस्तै, प्रदेश २ मा प्रकाश अर्याल, प्रदेश ३ मा विनोद लामा, प्रदेश ४ मा किरण श्रेष्ठ, प्रदेश ५ मा जनक केसी, प्रदेश ६ र ७ मा दिपेश योञ्जन चयन भएका छन् ।