एक दिवसीय विश्वकपबाट अष्ट्रेलियाका अलराउण्डर स्टोनिस बाहिरिए

आइसीसी विश्वकप हाइलाइट

एजेन्सी
जेठ ३०, २०७६, बिहीवार

अष्ट्रेलियाका अलराउण्डर मार्कुस स्टोनिसले इङल्याण्डमा जारी १२ औं संस्करणको आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको बाँकी खेल गुमाउने भएका छन् ।

क्रिकेट अष्ट्रेलियाले स्टोनिसको स्थानमा मिचेल मार्शलाई टिममा बोलाएको छ । फिटनेसको कारण स्टोनिसलाई टिमबाहिर राखिएको क्रिकेट अष्ट्रेलियाले जनाएको छ । स्टोनिसलाई अष्ट्रेलियाले पाकिस्तानविरुद्ध बुधबार हुने खेलका लागि पनि टिममा राखेन ।